दुलेगौंडा । नेकपा एमाले शुक्लागण्डकी दोस्रो नगर अधिवशेन दुलेगौंडामा बुधवार शुरु भएको छ । अधिवेशनको स्थायी कमिटी सदस्य किरण गुरुङले उद्घाटन गरे ।
सो अवसरमा नेता गुरुङले देशमा सरकारको स्थारिता नभएका कारण अनुशासनहिन, विसंगतीले प्रश्रय पाइरहेको टिप्पणी गरे । ‘देश बनाउने दलले निर्वाचनमा जित्न नसक्दा अहिलेको परिस्थिति भएको छ, उनले थपे, ‘नकरात्मक शक्ति र विचार हाबी छ । यि सबैलाई मथ्थर पार्न एमालेले नेतृत्व गर्नुपर्छ ।’ एमालेले मिसन २०८४ को लाई नारा अघि सारेको बताउदै अब राजनितिक स्थिरित कायम हुने गरि अघि बढ्नु जरुरी रहेको उल्लेख गरे ।
पूर्व मन्त्री समेत रहेका गुरुङले वडा, पालिका, जिल्ला र प्रदेशका अधिवेशन सर्वसम्मत रुपमा चयन गरि मिसन २०८४ लाई सफल पार्न योग्य, सक्षम र गतिशिल नेतृत्व अधिवेशनबाट आउनुपर्नेमा जोड दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महतले वडा तहलाई बलियो बनाए मात्र पार्टी बलियो हुने बताउदै आगामी निर्वाचनमा एमालेमय बनाउन प्रत्येक प्रतिनिधी क्रियाशिल हुन आग्रह गरे । उनले आगामी २०८४ मिसन सफल बनाउने जुझारु समिति अधिवेशनबाट आउने विश्वास व्यक्त गरे ।
नगर कमिटिका कार्यवाहक अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य सविता रसाईली, पुर्व केन्द्रीय सल्लाहाकार शेषमणी आचार्य, पुर्व केन्द्रिय सदस्य प्रतापाल श्रेष्ठ, केन्द्रीय सल्लाहाकार नरेन्द्र वाग्ले, प्रदेश सदस्य एवम् गन्डकी प्रदेश सभाका सांसद श्यामराजा महत, प्रदेश कमिटिका सदस्यद्वय कृष्णकुमारी श्रेष्ठ र कमल ढकाल, जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिवद्वय खिम कुमाल र सुनिता नेपाली लगायतले बोलेका थिए ।
नगर कमिटी सचिवालय सदस्य बुद्धि बहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन तिर्थराज खनालले गरेका थिए । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा कुल ३ सय २९ प्रतिनिधी सहभागी छन् । नगरको नेतृत्वकालागि कार्यबाहक अध्यक्ष रघुनाथ पौडेल, दुर्गा कुमार श्रेष्ठ लगायत आकांक्षी छन् ।