अम्रेनी दुर्घटना : कैनी परिवारलाई राहत दिने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अम्रेनी दुर्घटना : कैनी परिवारलाई राहत दिने सहमति

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८१, बिहीबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार चिनियाँ कम्पनीको पानी ट्याङ्करले व्याक गर्ने क्रममा च्यापिएर मृत्यु भएका युवाको परिवारलाई रु २५ लाख राहत दिने सहमति भएको छ ।

    व्यास नगरपालिका–१२ कमलाबारी निवासी २९ वर्षीय प्रविण कैनीको परिवारलाई रु २५ लाख राहत दिने सहमति भएको हो । पीडित परिवारले बीमा बापतको रु पॉच लाख छुट्टै पाउनेछ । कैनी व्यास नगरपालिकामा इन्जिनियर थिए ।

    घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको मुग्लिन पोखरा सडक निर्माण गरिरहेको चिनियाँ कम्पनीको ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई व्याक गरेर ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिनदेखि पीडित परिवार आन्दोलित थिए ।

    जिल्ला प्रशासन कार्यालय तनहुँमा आज बसेको दुवै पक्षको बैठकले राहतका विषयमा सहमति गरेको हो । त्यस्तै पीडित परिवारका एक जनालाई आयोजनामा रोजगारी दिने सहमति भएको छ ।