मधेशका मुख्यमन्त्रीको शपत आजै, मन्त्रालय भागबण्डा टुंगियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मधेशका मुख्यमन्त्रीको शपत आजै, मन्त्रालय भागबण्डा टुंगियो

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८१, शुक्रबार

    जनकपुरधाम । मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ ।

    मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो । नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । साथै सात मन्त्रीले पनि आजै शपथग्रहण लिने बुझिएको छ ।

    केहिबेर अगाडी मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमत्री नियुक्त गर्न दावी पेश गरेको थियो ।