ट्याङ्करको ठक्करबाट मृत्यु इन्जिनियर कैनीको पाँच दिनपछि दाहसंस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्याङ्करको ठक्करबाट मृत्यु इन्जिनियर कैनीको पाँच दिनपछि दाहसंस्कार

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८१, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा चिनियाँ कम्पनीको पानी ट्याङ्करको ठक्करबाट मृत्यु भएका इन्जिनियर प्रविण कैनीको पाँच दिनपछि शुक्रबार बिहान दाहसंस्कार गरिएको छ ।

    गत सोमबार ट्याङ्करको ठक्करबाट मृत्यु भएका कमलाबारीका २९ वर्षीय कैनीको शुक्रबार मादीसेती घाटमा दाहसंस्कार गरिएको हो ।

    ट्याङ्कर चालकको लापरवाहीका कारण मृत्यु भएका कैनीका परिवारले पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए । दुवै पक्षबीच बिहीबार सहमति भएको थियो ।

    सहमति अनुसार पीडित परिवारलाई बीमा सहित रु ३० लाख र आयोजनामा एक जनालाई रोजगारी दिने सहमति भएको थियो ।