दमौली । नेकपा एमाले बन्दीपुर गाउँ कमिटीको अध्यक्षमा रवि श्रेष्ठ विजयी भएका छन् । शुक्रबार भएको मतदानबाट ५३ मत ल्याएर श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन ।
मंगलबार भएको गाउँ कमिटिको नवौं अधिवेशनमा अध्यक्ष पदमा सर्वसम्मत नभएपछि शुक्रबार मतदान भएको हो। अध्यक्ष पदमा शान्ति कुँवर र रवि श्रेष्ठले उम्मेदवारी दिएका थिए । गाउँ अधिवेशनका १०५ मतदाता मध्य ९३ मत खसेको थियो । प्रतिस्पर्धी शान्ति कुँवरले ३५ मत प्राप्त गरिन ।