बुद्धिजीवि संगठन शुक्लामा पूर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    बुद्धिजीवि संगठन शुक्लामा पूर्ण

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८१, शनिबार

    दमौली। नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवि संगठन शुक्लागण्डकीको अध्यक्षमा पूर्णबहादुर थापा चयन भएका छन् ।

    संगठनका केन्द्रीय सदस्य शिव बहादुर कार्कीको अध्यक्षतामा शनिबार सम्पन्न शुक्लागण्डकी नगरको प्रथम भेलाले थापाको अध्यक्षतामा ३१ सदस्यीय शुक्लागण्डकी नगर समिति चयन गरेको छ ।

    उपाध्यक्षमा भानुभक्त सुवेदी, बुद्धिबहादुर कार्की, भगवती गौतम सचिवमा लोकनाथ सिग्देल चयन भएका छन् । त्यस्तै सहसचिवमा नारायणदत्त पौडेल, ध्रुवराज प्रधान र विजय थापा, कोषाध्यक्षमा आरती सुवेदी चयन भएका छन् ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोइराला, शुक्लागण्डकी नगर समिति उपाध्यक्ष रामचन्द्र भण्डारी लगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए ।