एमाले देवघाटको अध्यक्षमा भीमबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    एमाले देवघाटको अध्यक्षमा भीमबहादुर

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली। नेकपा एमाले देवघाट गाउँ कमिटीको अध्यक्षमा भीमबहादुर गुरुङ चयन भएका छन् । गाउँ कमिटीको अधिवेशनले गुरुङको अध्यक्षतामा नेतृत्व चयन गरेको छ ।

    गाउँ कमिटीको उपाध्यक्षमा भोजराज नैनाबस्ती, उपसचिवमा हर्कबहादुर थापा र महिला उपसचिवमा सावित्री न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

    सचिवमा भने तीन जनाको उम्मेदवारी परेकाले सर्वसम्मत हुन सकेको छैन । सचिवमा गणेश थापा, शान श्रेष्ठ र विकास ढकालले उम्मेदवारी दिएका छन् ।