तनहुँको शुक्लागण्डकीमा कर्मचारी प्रोत्साहन भत्तामा २५ लाख अनियमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तनहुँको शुक्लागण्डकीमा कर्मचारी प्रोत्साहन भत्तामा २५ लाख अनियमित

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८१, बिहीबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा कर्मचारी प्रोत्साहन भत्तामा रु २५ लाख २१ हजार पाँच सय अनियमितत भएको छ । पालिकाले स्थायी र करारका ९९ जना कर्मचारीलाई मासिक रु दुई हजारका दरले २५ लाख २१ हजार पाँच सय भत्ता बापत भुक्तानी गर्दा अनियमितता देखिएको हो ।

    स्थानीय तहले कानून तथा कार्यविधि नबनाइ प्रोत्साहन भत्ता वितरण गरेको कारण आर्थिक व्ययभार बढ्न गएको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८६ (१) बमोजिम स्थानीय सेवा गठन, सञ्चालन व्यवस्थापन, सेवाका शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड संघी कानून बमोजिम हुने, दफा ८६ (२) बमोजिम स्थानीय सेवाको गठन, सञ्चालन तथा व्यवस्थापन सेवाको शर्त तथा सुविधा सम्बन्धी अन्य व्यवस्था स्थानीय तहले बनाएको कानून बमाजिम हुने व्यवस्था छ ।