दमौली । नेकपा एमाले भानु नगर कमिटीको अध्यक्षमा शंकर रानाभाट विजयी भएका छन् । नगर कमिटीको दोस्रो अधिवेशन अन्तर्गत बिहीबार साँझ भएको निर्वाचनमा रानाभाट १२५ मत ल्याई विजयी भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार हरिबहादुर पाण्डेले ८९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा रमानाथ बजगाई, सचिवमा रामकृष्ण देवकोटा र खुल्ला उपसचिवमा कल्याणविक्रम अधिकारी विजयी भए । निर्वाचनमा उनीहरु सबै रानाभाटको प्यानलका उम्मेदवार थिए । महिला उपसचिवमा भने पार्वती न्यौपाने सर्वसम्मत भएकी थिइन् ।