भानु नगरपालिकामा मौरीपालन सहयोग कार्यक्रममा अनियमितता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु नगरपालिकामा मौरीपालन सहयोग कार्यक्रममा अनियमितता

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८१, शुक्रबार

    दमौली । तनहुँको भानु नगरपालिकाले मौरीपालनका लागि गरेको सहयोगमा अनियमितता देखिएको छ । गत आर्थिक वर्षमा मौरीपालनका लागि गरिएको सहयोगमा पॉच लाख ३३ हजार पॉच सय ३२ अनियमित देखिएको हो ।

    मौरी पालन कार्यक्रम संचालनका लागि राष्ट्रिय बहु कृषि तथा मौरी प्रजनन विकास उद्योगसंग मिति २०८०/३/१ मा भएको सम्झौतामा राष्ट्रिय बहु कृषि तथा मौरी प्रजनन विकास उद्योगले उपलब्ध गराएको मौरी गोला कृषकहरुलाई हस्तान्तरण पश्चात ७ दिनभित्र उडेर गएमा वा भागेमा राष्ट्रिय बहु कृषि तथा मौरी प्रजनन विकास उद्योगले उक्त घारमा पुन गोला उपलब्ध गराउनुपर्ने, सम्पूर्ण कार्यसम्पन्न भएपश्चात प्राविधिक प्रतिवेदको आधारमा नियमअनुसार कर कटाई भुक्तानी दिने उल्लेख छ।

    पालिकाले उक्त मौरी पालन कार्यक्रमको मौरी गोला कृषकहरुलाई हस्तान्तरण पश्चात ७ पश्चात अनुगमन निरिक्षण गरि प्रतिवेदन पेश गरेको छैन। सो बाट मौरी पालन गरिएका सम्पूर्ण मौरी घारमा मौरी उक्त अवधि सम्म रहे नरहेको एकिन हुन नसेकको मलेपको प्रतिवेदनमा उल्लेख छ ।

    ५ वटा फ्रेममा गोला सहितको मौरीको घार ५६ वटा र खालि घार १२५ फिडर ६० वटा, क्विन गेट ६० वटा, पन्जा ६० वटा घुम्टि टोपि ४७ वटाको सामानको रु नौ लाख २८ हजार तीन सय ६६ मा सम्झौता भएकामा पालिकाले उक्त फर्मलाई प्राविधिक प्रतिवेदन तयार नगरी भुक्तानी गरेको थियो ।