शुक्लागण्डकीमा माओवादी सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान समापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा माओवादी सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान समापन

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८१, शुक्रबार

    दमाैली । तनहुँकाे शुक्लागण्डकीमा नेकपा माओवादीकाे सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सकिएकाे छ । माओवादी शुक्लागण्डकी नगर कमिटीले सञ्चालन गरेकाे अभियान शुक्रबार नगर भेला तथा प्रशिक्षण सहित समापन गरिएकाे छ ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोइराला, जिल्ला संयोजक ओमराज आले (मदन), जिल्ला सचिव आँबुखैरेनी गाउँ पालिका अध्यक्ष शुक्र चुमान, शुक्लागण्डकी इन्चार्ज तथा नगर उपप्रमुख खुम बहादुर बिक (राजु), गण्डकी प्रदेश सदस्य कमरेड जौ माया सुनार लगायतकाे सहभागिता थियाे ।

    भेलामा हालसम्म पार्टी सदस्य नविकरण सहितको रिपोर्टिङ वडा अध्यक्षहरुबाट भएको नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।