पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३२ अर्बकाे बजेट प्रस्तुत गरेकाे छ । प्रदेशसभामा शनिबार आर्थिक मामिला तथा याेजनामन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ३२ अर्ब ९७ कराेड ८५ लाख ७५ हजार विनियाेजन गरिएकाे बताए ।
त्यसमध्ये चालुतर्फ रु १३ अर्ब १६ कराेड ५ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ कराेड ८१ लाख विनियाेजन गरिएकाे उनले उल्लेख गरे ।
M.-budget-speech-final-11