नेकपा एसको महाधिवेशनका लागि तनहुँबाट असार ५ मा प्रतिनिधि छनोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एसको महाधिवेशनका लागि तनहुँबाट असार ५ मा प्रतिनिधि छनोट

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    दमौली ।नेकपा एकीकृत समाजवादीको असार १६ गतेदेखि २० गतेसम्म हुने महाधिवेशनका लागि तनहुँमा असार ५ गते प्रतिनिधि छनोट गरिने भएको छ।

    जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष थमन आलेको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश ईञ्चार्ज तुलबहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न सो बैठकले सो निर्णय गरेको हो ।

    प्रतिनिधि छनौटका लागि संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन एकाई मानिएको छ । मजदुर प्रतिनिधिको हकमा भने सिङ्गो जिल्लालाई निर्वाचन एकाई मानिएको पार्टीका लेखा परीक्षण आयोग उपाध्यक्ष एवं तनहुँ इन्चार्ज विद्यानाथ ढकालले जानकारी दिए।

    उनका अनुसार क्षेत्र नं. १ र मजदुर फाँटको निर्वाचन केन्द्र दमौली साथै क्षेत्र नं. २ को निर्वाचन केन्द्र भीमाद तोकिएको छ । क्षेत्र नं. १ का लागि ऋषिराम पन्तको संयोजकत्वमा मनिमा राई र श्रीप्रसाद न्यौपाने तथा क्षेत्र नं. २ को लागि शंकप पोखरेलको संयोजकत्वमा रामजी के सी र मनिराज आले सदस्य रहेको निर्वाचन कमिटी गठन गरिएको छ।