समय बलवान छ सबैको ढिलो चाँडो हिसाबकिताब हुनेछ : दीपकराज जाेशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समय बलवान छ सबैको ढिलो चाँडो हिसाबकिताब हुनेछ : दीपकराज जाेशी

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    दमाैली । युवा नेता दीपकराज जाेशीले समय बलवान भएकाले सबैकाे ढिलाेचाँडाे हिसाबकिताब हुने बताएका छन् । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार रहेका जाेशीले आइतबार सामाजिक सञ्जालमार्फत् जाेशीले उक्त कुरा बताएका हुन् ।

    व्यास नगरपालिकाकाे पुन: मतगणना गर्ने उच्च अदालतकाे आदेश उच्चकै रजिष्टारले स्थगन गरेपछि जाेशीकाे यस्ताे प्रतिक्रिया आएकाे हाे ।

    जाेशीले फेसबुकमा लेखेका छन् –

    कहिले तनहुँ जिल्ला भनेको सिडिओ डिएसपी लाई लेख्ट्ने जिल्ला भनेर अभिव्यक्ति दिने, कहिले अदालतको पुन मतगणना गर्ने निर्णय लाई हामी तनहुँ बाट मत पत्र लान दिदिनौ भनेर सिडिओ र एसपी लाई धम्की दिने अराजक तत्व हरुको एक दिन अन्त्य हुनु पर्छ र गर्नु पर्छ। समय बलवान छ सबैको ढिलो चाँडो हिसाबकिताब अबस्य हुने छ। हाम्रो तनहुँ जिल्ला वाट यस्ता अराजकहरु लाई निमिटान्य पारेर सिडिओ र एसपी जसले हाम्रो सुरक्षा दिन्छन उनीहरूलाई फूलको माला लागाएर स्वागत गर्ने र फूलको माला लगाएर विदाई गर्नू पर्ने संस्कारको विकास गर्नु पर्छ। सरकारि कर्मचारी हाम्राे जिल्लाको लागि अथिति हुन उनि हरुकाे स्वागत र विदाई श्रदा पूर्वक गर्नु हाम्राे कर्तव्य हो। किन भनें हामि अतिथि देबो भवमा विश्वास गर्दछौ।