एक अर्ब ठगी आरोपमा पक्राउ परेका तनहुँका थापा सहित चार जना प्रहरीद्वारा सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एक अर्ब ठगी आरोपमा पक्राउ परेका तनहुँका थापा सहित चार जना प्रहरीद्वारा सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    काठमाडौं । बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् । अध्यक्ष तेजविक्रम थापा तनहुँकाे व्यास नगरपालिका ११ निवासी हुन् ।

    ४३ वर्षीय थापा २०५६ सालदेखि यो सहकारीको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको बताइएको छ । उनले अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत हात हालेको अनुसन्धानबाट खुलेको छ । उनी बैंकिङ कसुरका ५ वटा मुद्दामासमेत कसुर ठहर भई फरारको सूचीमा थिए ।

    उपत्यका अपराध महाशाखाको टोलीले उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ललितपुरको कुमारीपाटीमा रहेको यो सहकारीको नाम संसदीय छानबिन गर्न बनेको समितिको कार्यादेश (टीओआर) मा पनि उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २९ सहकारी संस्थाको सूचीमा उक्त सहकारीको नाम रहेको छ ।

    ५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूको साथबाट मोबाइल, पेन ड्राइभ, केही चेक, गाडी र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरेको छ । (नेपाल प्रेसबाट)