व्यास नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १० असार २०८१, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको सभाहलमा साेमबार आयोजित ४१ औं नगरसभामा नगरप्रमुख वैकुण्ठ न्यौपानेले विविधतायुक्त गाउँशहर ः समृद्ध मेरो व्यास नगर नारालाई सार्थकता दिन कृषि, पर्यन र शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गरे।

    नगरप्रमुख न्यौपानेले विगतका कामको समिक्षा गर्दै नगरपालिकाप्रति अत्याधिक नगरवासीको भरोसालाई ध्यानमा राखी कानूनी र स्रोतगत सीमाहरुलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाइएको बताए।

    नगरप्रमुख न्यौपानेले नगरपालिकाका नागरिकहरुको मुख्य आम्दानीको श्रोत कृषि नै भएकाले कृषि व्यवसाय प्रबद्र्धनलाई पहिलो प्राथमिकतामा राखी कृषि सहकारी, कृषक समूहको व्यवसायिक प्रबद्र्धन र उत्पादनलाई बजारीकरण गर्न नगरपालिका प्रतिवद्ध रहने उल्लेख गरे ।