काठमाडाै महानगरकाे बजेट २५ अर्ब ६३ कराेड ७० लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडाै महानगरकाे बजेट २५ अर्ब ६३ कराेड ७० लाख

    खबरपुञ्ज संवाददाता

    १० असार २०८१, सोमबार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले १५औं नगरसभामा बजेट पेश गरेकी हुन् ।

    स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, समाजिक सदभाव र एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने र स्वरोजगार बनाइ विदेशीने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपमेयर डंगोलले बताइन् ।

    बजेटमा ११ वटा महानगर गौरवको आयोजनालाई ३ अर्ब ८० करोडको बजेट छुट्याइएको छ । यस्तै ३० वटा स्वर्णिम योजनामन लागि पनि बजेट छुट्याइएको छ । पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको छ । सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी छुट्याइएको छ भने सुशासनका लागि १ अर्ब ८९ करोड भन्दा बढी छुट्याइएको छ ।