दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । कृष्मी सहकारी संस्थाले लिलाचाेकमा कफी नर्सरी स्थापना गरेकाे हाे ।
सहकारीको अभियान अन्तर्गत यस बर्ष ५ हजार कफीको बिरुवा वितरण गरिएपनि किसानको माग सम्बोधन गर्न नसिकएकाले आगामी वर्ष बिरुवा अभाव नहाेस् भन्ने उद्धेश्यले आफंनै नर्सरी स्थापना गरिएकाे अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखरा र शुक्लागण्डकी नगरपालिकाकाे सहयोगमा १५ हजार कफीको बिरुवा उत्पादन गरि नर्सरी निर्माण गरिएको छ । आगामी वर्ष शुक्लागण्डकी लगायत क्षेत्रमा व्यावसाियक कफी खेतीको अभियान सञ्चालन गरि किसानलाइ पर्याप्त बिरुवा उपलब्ध गराइने गुरुङले बताए ।