कन्काईका विद्यार्थीले खेतमा पुगेर धान राेपे (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कन्काईका विद्यार्थीले खेतमा पुगेर धान राेपे (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८१, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–४ दमाैलीस्थित कन्काई ग्लाेबल एकेडेमीले विद्यार्थीलाई खेतमै लगेर धान राेप्न सिकाएकाे छ । एकेडेमीका विद्यार्थीले व्यास नगरपालिका-११ बेल्टारीस्थित खेतमा पुगेर धान राेपेका हुन् ।

    कृषि जनजीवनका गतिविधिसँग परिचित गराउन विद्यालयले विद्यार्थीहरुलाई खेतमा लगेर धान रोप्न सिकाइएकाे प्रबन्ध निर्देशक मिलन गाेदारले जानकारी दिए ।

    धान दिवसको बारेमा जानकारी गराउँदै प्रयोगात्मक ज्ञान सिकाउन विद्यार्थीलाई खेतमै पुगेर धान रोप्न लगाइएको उनकाे भनाइ छ । पछिल्लो समय शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिका धान रोपाइँ र खेतीपातीबारे बेखखर हुँदै गएकाले उनीहरुलाई प्रत्यक्ष प्रयोगात्मक अवलोकनका लागि धान रोपाइँमा सहभागी गराइएको उनले उल्लेख गरे ।