तनहुँका सुरजलाई माल्टामा ब्लड क्यान्सर, सहयोगका लागि अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका सुरजलाई माल्टामा ब्लड क्यान्सर, सहयोगका लागि अपिल

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमौली । माल्टालाई कर्मथलो बनाउँदै आएका सुरज लौडारीलाई ब्लड क्यान्सर रोग देखिएको छ । व्यास नगरपालिका-१ घर भई रोजगारीको सिलसिलामा विगत ६ बर्षदेखि माल्टामा बसोबास गर्दै आएका लौडारी २ महिनादेखि अकस्मात बिरामी भई माल्टाको माटर देइ अस्पतालमा भर्ना भइ उपचारको क्रममा जाँच गर्दा उनलाई ब्लड क्यान्सर देखिएको अस्पतालले जनाएको हो ।

    उनलाई ब्लड क्यान्सर रोगको पुष्टि भएसँगै बिषय  विशेषज्ञ डाक्टर र वार्ड इन्चार्ज सँग परामर्श लिँदा थप  उच्च उपचारका लागि  युके जान पर्ने अवस्था आएको पीडित सुरज बताउँछन् । ६ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएर अस्पतालमा देखाएर उपचाररत हुँदै गर्दा हाल २ महिना देखि डाक्टरहरुको सल्लाहमा अस्पतालमानै भर्ना भएर उपचार भइरहेको  लौडारीले बताए ।

    अस्पतालमा हुने खर्च अस्पतालमा परिवारले नै हेरेकाले सहज भएको थियो। अब युकेमा उपचार गर्न व्यक्तिगत खर्च हुने हुँदा माल्टा तथा गोजोमा कर्मथलो बनाउने  सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफूले सकेको सहयोग गरिदिनु हुन समेत उनले अनुरोध गरेका छन् ।

    “सेवा नै धर्म ”लाई आत्मासात गर्दै लौडारी ब्लड क्यान्सर डोनेसन क्याम्पेनमा हातेमालो गर्दै अगाडि बढिरहेको गैर आवासीय नेपाली संघका सदस्य हरिप्रसाद पौडेलले बताए ।