फेरिँदै सत्ता गठबन्धन, ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस सहमत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फेरिँदै सत्ता गठबन्धन, ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस सहमत

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    काठमाडौ । कांग्रेसले एमाले नेतृत्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको छ। 

    राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त आह्वान गर्ने छन्।

    संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको स्रोतले बताएकाे छ।

    स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ। हाल कांग्रेस र एमालेमा छलफल चलिरहेकाे छ ।

    राष्ट्रिय सहमतिको नयाँ सरकारमा नेपाली कांग्रेसले १०, प्रधानमन्त्रीसहित नेकपा एमालेले ९ मन्त्रालय लिने सहमति बनेको स्रोतले जनायाे।

    संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमतको संख्या १७ कम छ। जसका लागि बाँकी ६ मन्त्रालय अन्य दललाई छुट्टाइएकाे छ। (नागरिक न्युजबाट)