एमालेका मन्त्रीहरूले राजीनामा दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेका मन्त्रीहरूले राजीनामा दिने

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

    सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।

    मन्त्रीहरूले राजीनामा दिनुभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ,’ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने ।