एसइइमा सामुदायिक तर्फ भिमादको बालशैक्षणिक मावि प्रथम (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसइइमा सामुदायिक तर्फ भिमादको बालशैक्षणिक मावि प्रथम (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८१, बुधबार

    दमाैली । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा तनहुँको भिमाद नगरपालिका–३ स्थित बाल शैक्षणिक मावि जिल्ला प्रथम भएको छ । एसइइ परीक्षामा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उक्त मावि सामुदायिकतर्फ जिल्ला प्रथम भएको हो । उक्त विद्यालय गत वर्ष दोस्रो स्थानमा रहेको थियो ।

    विद्यालयबाट २० जना परीक्षामा सहभागी भएकामा १६ जना उत्तीर्ण भएका छन् । त्यसमध्ये ३.६ देखि ४ जिपिए ल्याउने आठ, ३.२० देखि ३.६ जिपिए ल्याउने आठ जना विद्यार्थी रहेका छन् ।

    भिमाद नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पदम ठकुरीले विद्यालयले प्राप्त गरेकाे उपलब्धी नै सबैभन्दा ठुलाे पुरस्कार भएकाे बताए । उनले भने, ‘गत वर्ष जिल्लामै दोश्रो स्थानमा थियौं यसपटक स्तरवृद्धि गरेका छााै । पुरस्कारको लालच छैन, हाम्रा लागि हाम्रा विद्यार्थीले प्राप्त गरेको उपलब्धी नै ठूलो पुरस्कार हो। बरु चिन्ता छ यो प्रतिष्ठालाई दिगोपन दिनको लागि ।’

    त्यस्तै शुक्लागण्डकीको बेलचौतारास्थित जनकल्याण मावि दोस्रो भएको छ । जनकल्याणका ४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३६ जना उत्तीर्ण भएका छन् । जनकल्याणले ७६.६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

    भानु नगरपालिकाको पुर्काेट मावि मुलाबारी तृतीय भएको छ । यस विद्यालयबाट १७ जना परीक्षामा सहभागी भएकामा १३ जना उत्तीर्ण भएका छन् ।

    May be an image of ticket stub, blueprint and text