शुक्लागण्डकीका पहिरो पीडितलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका पहिरो पीडितलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिरापीडितलाई सूर्य नेपाल प्रालिले सहयोग गरेको छ । गत शनिबार पहिरा गएर पीडित भएका छ परिवारलाई सूर्य नेपालले सोमबार खाद्यान्न, लत्ताकपडा, टेन्टलगायत सामग्री सहयोग गरेको हो ।

    पहिराबाट पीडित भएकालाई कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको सूर्य नेपाल प्रालिका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, सूर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीलगायत उपस्थितिमा पहिरापीडितलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

    पहिराले घर पुरिएर आइतबार तीनजनाको मृत्यु भएको थियो । पहिराले पुरिएर ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको मृत्यु भएको थियो । पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।

    शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नदी तथा खोलाका तटीय क्षेत्र, भिरालो जमिन र कमजोर भूधरातल भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्क रहन आग्रह गरिएको बताए ।