सुख्खा पहिराले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुख्खा पहिराले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    दमाैली । सुख्खा पहिराले अवरुद्ध भएको तनहुँको डुम्रे–आँबुखैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । मङ्गलबार साँझ ६ः४० बजे बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा सुख्खा पहिरा खस्दा दुईतर्फी अवरुद्ध भएको उक्त खण्ड ७ः२५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

    सडकमाथिबाट खसेको पहिराले पूरै सडक ढाक्दा सडक अवरुद्ध भएको थियो । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)को निर्माण कम्पनीको डोजरको सहायताले पहिरा पन्छाएर सडक सुचारु गराइएको छ । दुईतर्फी सडक सुचारु गराउन पहिरा पन्छाउने काम भइरहेको छ।