बुल्दीखोला बस्तीमा पस्दा सिमलटारका ४० घर डुबानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुल्दीखोला बस्तीमा पस्दा सिमलटारका ४० घर डुबानमा

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    दमाैली । बिहीबार राति परेको भिषण वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास नगरपालिका–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन् । शुक्रबार बिहान तीन बजे अचानक बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् ।

    बुल्दीखोलाको बाढीले यहाँका घरहरुका तल्लो कोठा र सटरमा रहेका सामग्रीहरु बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिए । रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभएपनि आर्थिक नोक्सानी ठूलो भएको उनकाे भनाइ छ ।

    No photo description available.
    May be an image of body of water and tree

    उनले भने, “खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचर लगायतमा ठूलो क्षति पुगेको छ । मानवीय जोखिम रहँदा रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ । बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ ।” कृष्णपुरको कजवे भत्काएर बेलिब्रिजको व्यवस्थापन गर्न र बस्ती सुरक्षित गर्न आवश्यक रहेको उनले बताए ।