काउरेमा पहिराबाट ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काउरेमा पहिराबाट ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०८१, मंगलवार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिराबाट मृत्यु भएकाको परिवारलाई विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेका छन् । गत असार २६ गते पहिराबाट ज्यान गुमाएका तीन जनाको परिवारलाई विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् ।

    लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ ले मृतकका परिवारलाई जनही रु २५ हजारका दरले आर्थिक सहयोग आज हस्तान्तरण गरेको छ । डिष्ट्रिक गर्भनर मिलन थापा, पूर्व गर्भनर धु्रव थापा लगायतले पीडितको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका छन् ।

    गर्भनर थापाले जहाँ दुःख त्यहाँ लायन्स भन्ने मूल मन्त्रअनुसार पीडितलाई थोरै भएपनि सहयोग गरिएको बताइन्।

    गत शनिबार गएको पहिराबाट घर पुरिदा मृत्यु भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको मृत्यु भएको थियो ।