महिला एशिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    महिला एशिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०८१, शुक्रबार

    काठमाडौ । महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत हात पारेकाे छ । आज भएकाे उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायाे । प्रतियाेगितामा तेस्राे पटक सहभागिता जनाएकाे नेपालकाे याे पहिलाे जित हाे ।

    यूएईले दिएकाे १ सय १६ रनकाे लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ४५ बलमा नट आउट ७२ रन जाेडिन् । यूएईकी कविशा इगाेदागेले ३ विकेट लिइन् ।

    यसअघि श्रीलङ्काकाे दम्बुलामा टस हारेर ब्याटिङ गरेकाे यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायाे । यूएईकी खुशी शर्माले ३६, कविशा इगाेदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जाेशीले समान १ विकेट लिइन् ।

    नेपाल र यूएईकाे खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएकाे नवाैँ संस्करणकाे महिला एशिया कप प्रतियाेगिताकाे फाइनल खेल आउँदाे जुलाई २८ मा हुनेछ ।

    नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

    एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।