नारायणघाट-मुग्लिङ सडकमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणघाट-मुग्लिङ सडकमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणघाट-मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १५ जना यात्रु घाइते भएका छन्।शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोकिएको थियो।

    नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

    घटनामा घाइते भएका १५ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते मध्य १० जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएकाे छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेकाे छ भने ९ जना मध्यम घाइते छन्।

    यसैगरि पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ। उनीहरुकाे अवस्था मध्यम रहेको छ। घाइतेहरुको परिचय खुलिसकेको छैन।

    दुवै सवारी साधन र तेल ट्याङ्करलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।