कास्की, मकवानपुर, लमजुङ, ओखलढुङ्गा, उदयपुर र बारामा ठूलो वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कास्की, मकवानपुर, लमजुङ, ओखलढुङ्गा, उदयपुर र बारामा ठूलो वर्षा

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८१, शुक्रबार

    काठमाडौ । कास्की, मकवानपुर, लमजुङ, ओखलढुङ्गा, उदयपुर, बारा लगायतका ठाउँमा गएराति ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा कास्कीको सिक्लेसमा ८३ दशमलव ८ मिलिमिटर र मकवानपुरको भोर्लेनीमा ८० दशमलव ६ मिलिमिटर पानी परेको छ ।

    यस्तै उदयपुरको कटारीमा ७९ दशमलव ४ मिलिमिटर, मकवानपुरगढीमा ७६ दशमलव ८ मिलिमिटर, लमजुङको खुदीबजारमा ७३ दशमलव २ मिलिमिटर, ओखलढुङ्गाको मानेभञ्ज्याङमा ६३ दशमलव ४ मिलिमिटर र बाराको रजुवामा ६० दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजे सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई  ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।