पत्रपत्रिकाको नतिजा : तनहुँका सबै पत्रिका ‘ख’ मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रपत्रिकाको नतिजा : तनहुँका सबै पत्रिका ‘ख’ मा

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८१, शुक्रबार

    दमौली । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आर्थिक वर्ष २०७८/७९ को वर्गीकरणको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

    सार्वजनिक नतिजा अनुसार तनहुँबाट प्रकाशित हुने सबै दैनिक तथा साप्ताहिक पत्रिका ‘ख’ वर्गमा परेका छन् ।

    दैनिककर्फ प्रादेशिक खबर, मादीसेती प्रवाह, दमौली खबर, तनहुँ उद्घोष, सेतीमादी, लोकवाणी ‘ख’ मा परेको छ । साप्ताहिकतर्फ व्यासश्री, दमौली एक्सप्रेस, खबरवाटिका, क्यासमिरी, तनहुँ आवाज पनि ‘ख’ मा परेको छ ।

    दैनिकतर्फ भन्ज्याङ भने हुबहुमा परेको छ ।