कक्षा १२ को परीक्षामा मित्रता मावि तनहुँ प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कक्षा १२ को परीक्षामा मित्रता मावि तनहुँ प्रथम

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८१, शनिबार

    दमौली । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा तनहुँ जिल्ला स्थित मित्रता मा‍वि तनहुँमा प्रथम भएको दावी गरिएको छ । विद्यालयबाट परीक्षामा सहभागी ४५ जना विद्यार्थी मध्ये ३७ जना उतीर्ण भएका हुन् ।

    २०६५ सालदेखि नै विद्यालयकाे कक्षा ११ र १२ काे नतिजा राष्ट्रिय नतिजा भन्दा माथि रहेकाे विद्यालयका प्रधानाध्यापक सुरेन्द्र वाेगटीले बताए । 

    ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यो वर्ष आँबुखैरेनी गाउँपालिकाको कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा निकै राम्रो सुधार भएको बताए । उनले भने, ‘मित्रता माविले ८२.२% र राम शाह माविले ७५% विद्यार्थी उत्तीर्ण गराइ आफूलाई जिल्लाकै अब्बल विद्यालय सावित गरेका छन् ।’

    तनहुँ जिल्लामा रहेका सामुदायिक विद्यालय तर्फ हालसम्म प्राप्त तथ्याङ्कका आधारमा मित्रता मावि प्रथम भएको शिक्षा विकास तथा समन्वय इकाइ अधिकृत विश्वनाथ रेग्मीले जानकारी दिए ।