तनहुँकी करुणालाई मिस नेपाल इन्टरनेशनलको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकी करुणालाई मिस नेपाल इन्टरनेशनलको उपाधि

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८१, शनिबार

    दमौली । तनहुँ दमौलीकी करुणा राउतले मिस नेपाल इन्टरनेशनलको उपाधि जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा राउतले मिस नेपाल इन्टरनेशनलको उपाधि जितेकी हुन् ।

    २६ प्रतियोगीमध्ये टप ६ मा पर्न सफल उनले मिस नेपाल इन्टरनेशनलको उपाधि जित्न सफल भइन् ।

    १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी उनी यसअघि मिस एसएलसी पोखरा-२०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको सांसदले सञ्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ ।उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्‍याम्प वाक प्रदर्शन गरेकी थिइन् ।