डुम्रे बजारबाट वेवारिसे व्यक्तिको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रे बजारबाट वेवारिसे व्यक्तिको उद्धार

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८१, आईतवार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारबाट वेवारिसे व्यक्तिको उद्धार गरिएको छ । लामो समयदेखि बजार क्षेत्रमा मागेर हिँड्ने ठेगाना थाहा नभएका ४६ वर्षीय बब्लु भण्डारीको प्रहरीले उद्धार गरेको हो।

    निजको स्वास्थ्यमा समस्या भएको पाइएकोले बन्दीपुर अस्पताल तनहुँसँग समन्वय गरी गत साउन १० देखि उपचार गरिएको थियो । निजलाई बन्दीपुर गाउँपालिका, बन्दीपुर अस्पताल तनहुँ र इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँको सहकार्य तथा समन्वयमा संरक्षणका लागि मानव सेवा आश्रम पोखरा पठाइएको छ ।