मुक्तिनाथ च्वयनधाममा भाेलिदेखि धार्मिक महाेत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुक्तिनाथ च्वयनधाममा भाेलिदेखि धार्मिक महाेत्सव

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८१, आईतवार

    दमाैली । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको शिव महिमा बोलबम धार्मिक महोत्सवको तयारी पुरा भएको छ । च्यवन धाम र गौं संरक्षण केन्द्रको एकिकृत विकास एवम् प्रर्वद्धनका लागि आयोजना गरिएको महोत्सवको तयारी पुरा भएको च्यवन धाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।

    साउन २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने सप्ताहाव्यापी धार्मिक महोत्सवमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नेछन् । सोमबार विहान ८ बजे शुक्लागण्डकी नगरपालिका–७ दोभानदेखी बोलबम यात्रा सुरु भई शुक्लागण्डकी नगरपालिकाको गेटबाट विहान १० बजे झाँकी सहितको कलशयात्रा हुने मुल समारोह समितिका संयोजक नारायण कुमार श्रेष्ठले बताए । महोत्सवको सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्ने छन् ।