तरुण दल व्यास नगरको अध्यक्षमा युवराज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तरुण दल व्यास नगरको अध्यक्षमा युवराज

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८१, सोमबार

    दमौली । नेपाल तरुण दल व्यास नगर समितिको अध्यक्षमा युवराज भण्डारी मनोनित भएका छन् । तरुण दल तनहुँले भण्डारीलाई व्यास नगर समितिको अध्यक्षमा मनोनित गरेको हो ।

    नेपाल तरुण दलको विधान २०१० (२०५५,२०५८,२०६१,२०६४ र २०६९ मा संसोधन र परिमार्जन) अनुसार नेपाल तरुण दल व्यास नगर कार्यसमितिको संगठन निर्माण, विस्तार र परिचालन गर्नको लागि भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।