साउनको तेस्रो सोमबार मुक्तिनाथ च्वयनधाममा भक्तजनको घुइँचो (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साउनको तेस्रो सोमबार मुक्तिनाथ च्वयनधाममा भक्तजनको घुइँचो (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८१, सोमबार

    दमाैली । साउनको तेस्रो सोमबार आज तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्वयनधाममा भक्तजनको घुइँचो लागेको छ । च्वयनधाममा रहेको शिव मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि घुइँचो लागेको हो ।

    May be an image of 12 people, temple and text that says 'Pa ম DEK'
    May be an image of 5 people and templeMay be an image of 10 people, temple and textMay be an image of 9 people and templeMay be an image of 6 people, temple and text

    त्यसक्रममा भक्तजनले मन्दिरमा पूजाआजा गर्नुका साथै च्वयनधाममा रहेको शिवलिङ्गमा दूध तथा जल चढाएका छन् । साउनको प्रत्येक सोमबार च्वयनधाममा भक्तजनको बाक्लो उपस्थिति रहने गरेको धामका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए।

    पृथ्वीराजमार्ग अन्तर्गत हलेदीबाट पाँच मिनेट दूरीमा अवस्थित यस ठाउँ पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ ।