तनहुँका विभिन्न ठाउँमा पानी सहितकाे घैटाे राख्दै अभियान्ता सुदीप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका विभिन्न ठाउँमा पानी सहितकाे घैटाे राख्दै अभियान्ता सुदीप

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८१, सोमबार

    दमाैली । सर्वसाधारणले चिसाे पानी पिउने व्यवस्थाका लागि युवा अभियान्ता सुदीप गफ्फारले जिल्लाका विभिन्न ठाउँमा पानी सहितकाे घैटाे राख्ने भएका छन् ।

    सर्वसाधारणलाई चिसाे पानी खुवाउने उद्धेश्यसहित उनले विभिन्न ठाउँमा घैटाे राख्ने अभियान सुरु गर्न लागेका हुन् ।

    उनका अनुसार ठाउँ पहिचान गरी ५० भन्दा बढी घैटाे राखिनेछ । यसले गर्दा बाटाेमा हिँड्ने सर्वसाधारणले चिसाे पानी पिउन पाउने उनले बताए ।

    सामाजिक भत्ता लिन आउने ज्येष्ठ नागरिकलाई बाइकमा बैङ्क तथा घरसम्म पुर्याएर चर्चामा आएका उनले पछिल्लाे पटक सरसफाई, राष्ट्रिय परिचयपत्र बनाउन आउनेलाई निशुल्क खाना, बिरामीलाई बाइक सेवा लगायतका सामाजिक काम गरिसकेका छन् ।