प्रतिक्रिया दिने होइन, परिणामदिनेमा विश्वास गर्छु : मन्त्री पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रतिक्रिया दिने होइन, परिणामदिनेमा विश्वास गर्छु : मन्त्री पौडेल

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८१, सोमबार

    दमाैली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रतिक्रिया नभई परिणाम दिनेतर्फ आफू प्रतिबद्ध रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले साेमबार खैरेनीटारमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री पौडेलले बोली भन्दा कामलाई प्राथमिकता राख्ने बताए ।

    उनले भने, “म बोल्ने भन्दा काम गरेर देखाउनेछु । स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेछ । जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनका लागि कार्ययोजना सहित अगाडी बढेको छु ।”

    मन्त्री पौडेलले ठूलो सञ्जाल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धैरे मानिसको आम चासो रहेकाले राम्रो काम गर्ने आत्मविश्वास बढेको बताए । मन्त्री पौडेलले परिस्थितिले तनहुँ छाडेर काठमाडौबाट चुनाव लड्नुपरेपनि तनहुँको विकासमा सदैव क्रियाशील रहने बताए ।