टिम नेपो तनहुँको छैटौं पदस्थापन तथा संस्था स्थापना दिवस सम्पन्न, अध्यक्ष वर्षा सारुद्वारा पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टिम नेपो तनहुँको छैटौं पदस्थापन तथा संस्था स्थापना दिवस सम्पन्न, अध्यक्ष वर्षा सारुद्वारा पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८१, मंगलवार

    दमौली । टिम नेपो तनहुँ को छैटौं पदस्थापना कार्यक्रम तथा संस्था स्थापना दिवस कार्यक्रम दमौलीमा सप्पन्न भएको छ । पदस्थापनासँगै बर्ष २०२४/२५ कि अध्यक्ष वर्षा सारुले पदभार ग्रहण गरेकी छन।

    वर्ष २०२३-२४ कि अध्यक्ष पबित्रा भुजेलले बर्ष २०२४-२५ को अध्यक्ष लाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिन् । कार्यक्रममा टिम नेपो गण्डकी प्रदेशका सचिव मिन बहादुर कुवरले संस्थाको कार्यक्षेत्र शिक्षा , स्वास्थ्य , वातावरण संरक्षण र युवा नेतृत्व रहेको बताए ।

    संस्थाले व्यास-५ सागेमा अबस्थित जनजुक्त माविमा कक्षा ७ मा अध्यनरत जेहन्दार छात्र दिवस खत्रीलाई विद्यालय पोशाक , स्टेसनरी सामान र छात्रवृत्ति रकम उपलब्ध समेत गराएको छ ।

    कार्यक्रममा आफ्नो कार्यकालको कार्य योजना सुनाउँदै वर्षाले शिक्षा, स्वास्थ्य, वातावरण जस्ता क्षेत्रमा विभिन्न कार्यक्रम गरिने बताइन् ।