नदी तटीय र पहिरा जोखिम क्षेत्रमा सावधानी अपनाउन तनहुँ प्रशासनकाे आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदी तटीय र पहिरा जोखिम क्षेत्रमा सावधानी अपनाउन तनहुँ प्रशासनकाे आग्रह

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८१, मंगलवार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँमा वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । कार्यालयले मङ्गलबार सूचना जारी गरी भारी वर्षा भइरहेकाले नदी तटीय क्षेत्र र पहिरा जोखिम क्षेत्रका वासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

    मौसम विभागको पूर्वानुमान अनुसार आज र भोलि तनहुँ उच्च जोखिममा रहेकाले सावधानी अपनाउन आवश्यक रहेको कार्यालयले जनाएकाे छ।