दमौली । तनहुँको ऑबुखैरेनीमा तीन सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । आँबुखैरेनी अस्पतालमा मङ्गलबा सम्म तीन सय ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको अस्पताल प्रमुख डा. डिबी क्षेत्रीले जानकारी दिए ।
त्यसमध्ये एक जना सङ्क्रमितको भर्ना गरी उपचार गरिएको छ ।
डेङ्गु सङ्क्रमण बढेपछि गाउँपालिकाले सचेतनाका कार्यलाई समेत जोड दिएको छ । लामखुट्टेको लार्भाको सम्भावित ठाउँ पहिचान गरी खोज र नष्ट गर अभियान गरिएको गाउँपालिकाले जनाएको छ ।