जिल्ला प्रशासन कार्यालय तनहुँ कार्यसम्पादनमा ५६ औ स्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला प्रशासन कार्यालय तनहुँ कार्यसम्पादनमा ५६ औ स्थानमा

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८१, बुधबार

    दमौली । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय तनहुँ ५६ औ स्थानमा परेको छ । आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा ७७ जिल्ला प्रशासनमध्ये तनहुँ ५६ औ स्थानमा परेको हो ।

    गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा तनहुँले एक सय पूर्णाङ्कमा ९०.५६ अंक प्राप्त गरेको छ ।

    तनहुँले पहिलो त्रैमासिकमा २७.५६, दोस्रो त्रैमासिकमा १६.४३, तेस्रो त्रैमासिकमा १४.५ र चौथो त्रैमासिकमा ३२.०६ अङ्क प्राप्त गरेको छ ।

    शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन लगायत विभिन्न बुँदामा प्रजिअको मुल्यांकन गर्ने गरिन्छ ।

    कार्यसम्पादनको प्रथम स्थानमा रुपन्देही छ भने ७७ औ स्थानमा धनुषा रहेको छ ।