मनमोहन अस्पतालको छतबाट हाल्फालेका युवाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मनमोहन अस्पतालको छतबाट हाल्फालेका युवाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८१, शनिबार

    काठमाडाै । काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेका एक युवाको आज मृत्यु भएको छ । प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

    महाराजगञ्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केहीबेरमा हाम्फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ ।

    घटना अपराह्न ३ः०० बजेतिर भएको र घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्तसमेत नभएको पाइएको छ । –––