बागमती र गण्डकीमा बिहानैदेखि पानी पर्दै, दिउँसो अधिकांश प्रदेशमा ‘भारी वर्षा’को सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमती र गण्डकीमा बिहानैदेखि पानी पर्दै, दिउँसो अधिकांश प्रदेशमा ‘भारी वर्षा’को सम्भावना

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८१, आईतवार

    काठमाडौ । आज (आइतवार) बिहान बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि पानी परिरहेको छ । 

    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको पाइएको छ । ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेशका थोरै ठाउँमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ । 

    यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी अधिकांश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।