रोटरी काठमाडौ हेरिटेजद्वारा वृक्षारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रोटरी काठमाडौ हेरिटेजद्वारा वृक्षारोपण

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८१, आईतवार

    काठमाडौ । रोटरी काठमाडौले हेरिटेजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले गोकर्णेश्वर नगरपालिका-४ स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा वृक्षारोपण गरेको हो ।

    क्लबका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसाल, उपप्रमुख सान्नानी लामा, वडा नंं. ४ का अध्यक्ष जय राम महत, नगरपालिकाका प्रमुख सल्लाहकार रमेश रिजाल, डिभिजन वन कार्यालयका प्रमुख पुष्कर राज गड्तौला, वन कार्यालयका सव डिभिजन प्रमुख अरुण कुमार गुप्ता, रोटरी क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का वातावरण समितिका प्रमुख दिपकराज भण्डारी, डिष्ट्रिकका सर्जेन्ट एट आर्मस् बिनिता प्रधान लगायत सहभागी थिए ।

    समाजसेवामा योगदान गर्ने हेतुले केहि महिना अघि मात्रै खोलिएको रोटरी क्लव अफ हेरिटेज काठमाडौले यसअघि संयुक्त स्वास्थ शिविर आयोजना गरेको थियो । क्लबले वातावरण, हेरिटेज, स्वास्थ, शिक्षा लगायत अन्य विभिन्न क्षेत्रहरुमा सेवा गर्ने योजना रहेको वृक्षारोपण गरिएका बोटबिरुवाहरुको संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्ने क्लवका सचिव डा. बुद्धि मल्लले जानकारी दिए ।

    अहिले विश्वले नै वातावरण संरक्षणलाई प्राथमिकता दिंदै आएको सन्दर्भमा नेपालले यसलाई प्राथमिकता दिएर विश्वमा नै उदाहरणीय देश बन्न सक्ने अवसर रहेको साथै यस्ता वातावरण संरक्षका कार्यक्रमहरुले देशको पर्यटन लगायत अन्य विभिन्न आर्थिक क्षेत्रलाई समेत सकरात्मक प्रभाव पारेर देशको दिगो आर्थिक विकासमा समेत मद्धत गर्ने क्लबले विश्वास लिएको छ ।