मुसेखोलामा बस र मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुसेखोलामा बस र मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालक घाइते

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा मंगलबार बससँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् ।

    घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका-११ फूलबारी बस्ने २१ वर्षीय ज्ञानजंग गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइतेको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

    काठमाडौबाट पोखरा तर्फ आउदै गरको ग २ ख १७३१ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको ग १२ प १०३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।