शंकर भण्डारी भन्छन्: नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शंकर भण्डारी भन्छन्: नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प छैन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प नरहेको बताएका छन् ।

    भण्डारीले गृह जिल्लाको थर्पुमा आयोजित सप्ताहव्यापी ज्ञान महायज्ञमा धारणा राख्ने क्रममा सो कुरा बताएका हुन् । देश हाँक्ने नेताहरुको गल्तीका कारण नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नबाट रोकि राखिएको भन्दै नेताहरु प्रति सांसद भण्डारीले आक्रोश पोखेका थिए ।

    नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दै गर्दा अन्य धर्म सस्कृतिको सुनिश्चिता हुनुपर्छ भन्ने विषयमा आफू प्रतिवद्ध रहेको र त्यसका लागि आफूलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने समेत सांसद भण्डारीको भनाइ रहेको थियो । सनातन धर्म संस्कार र सभ्यताको दृष्टिकोणले नेपाल छिमेकी मुलुक चीन र भारत भन्दा पनि अग्रस्थानमा रहेको जिकिर समेत सांसद भण्डारीले गरेका थिए ।