दमौली । मोहन बतास फाउण्डेशनले मालपोत कार्यालय तनहुँलाई एक थान ह्विलचियर प्रदान गरेको छ ।
कार्यालयमा आउने अशक्त सेवाग्राहीलाई हिँडडुलमा सहयोग पुर्याउने उद्धेश्यले फाउण्डेशनले ह्विलचियर सहयोग गरेको हो ।
मालपोतमा आउने अपाङ्गता भएका व्यक्तिलाई कार्यालयमा हिँड्न अप्ठ्यारो पर्ने भएकाले सहजताका लागि ह्विलचियर सहयोग गरिएको फाउण्डेशनका संस्थापक मोहन बतासले जानकारी दिए ।
फाउण्डेशनले जिल्लामा सामाजिक काममा सहयोग पुर्याउँदै आएको छ ।