दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीले बुधबार जिल्ला कारागार तनहुँका बन्दीहरूलाई विभिन्न विधाका दुई सय तीन थान पुस्तक वितरण गरेको छ ।
कैदीबन्दीलाई अध्ययनमा सहयोग पुर्याउन क्लवले पुस्तक हस्तान्तरण गरेको हो ।
क्लवका अध्यक्ष रनिल रोकाले कारागारमा आयोजित कार्यक्रममा प्रहरी उपरिक्षक वीरेन्द्र शाही, कारागारका निमित्त प्रमुख नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गरे ।
प्रहरी उपरिक्षक शाहीले कैदीबन्दीले दिनभर यत्तिकै बसेर दिन कटाउनुको साटो पुस्तक पढे नयॉ कुरा सिक्न सकिने उल्लेख गरे ।